Saturday, January 28, 2012

दलितले पाए वनमाथि अधिकार

प्रेम नेपाली

घाचोक , सार्वजनिक वनमा उपभोगको अधिकार माग्दै संघर्षमा उत्रेका यहाँका दलितले वन प्रयोग गर्न पाउने भएका छन् ।

बस्ती नजिकैको वन प्रयोग गर्न नदिएपछि दलितले 'उपल्लो जात' को घरमा हली खेताला बहिष्कार गरेर वैशाख तेस्रो सातादेखि संघर्ष थालेका थिए । दलितले हलो, कुटो, कोदालो नचलाइदिँदा खेती बालीको काम ठप्प भएकाले 'उपल्लो जात' का समुदाय वन उपभोगको अधिकार दिन बाध्य भएका हुन् ।

संघर्षकै कारण दलितले अहिले घाचोकको मरेघाटस्थित माथिल्लो वन र बौरावनको बन्चरेडाँडादेखि सिमलतरासम्मको दुई क्षेत्र प्रयोग गर्न पाएका छन् । स्याल्पे वन क्षेत्र भने अझै दलितलाई प्रयोग गर्न दिइएको छैन ।

यसअघि समान ढंगले वन प्रयोग गर्न नपाएका दलितले दुई वनमा दाउरा घाँस गर्न पाएपछि राहत मिलेको बताए । 'अर्काको घरमा दिनभर मजदुरी गरेर परिवारको गुजारा गर्ने भए पनि अधिकारका लागि भोकभोकै बसेर संघर्ष गर्‍यौं,' नागरिक अधिकारका लागि जनसंघर्ष समिति घाचोकका संयोजक बुद्विबहादुर मिजारले भने, 'दलितले श्रम नबेच्दा खेत बाँझो बनेर भकारी रित्तिने अवस्था आएकाले अधिकार दिए तर लिखित सम्झौता हुन बाँकी छ ।' दलितले हलो, कुटो, कोदालो थन्काएर प्लेकार्ड बोकेर नाराजुलुस गर्दै हिँडेपछि गाउँमा खनजोतको काम ठप्प भएर खेतबारी बाँझो बनेको थियो । अधिकार माग गर्दा कथित उपल्लो जातिका व्यक्तिबाट दलित संघर्षको अगुवाइ गर्ने कुटिएका थिए ।

उनले बस्ती नजिकैको स्याप्ले वनमा अझै दलितलाई प्रवेश रोकिएको गुनासो गर्दै सार्वजनिक सम्पत्तिमा समान अधिकार नपाउनु अन्याय भएको बताए । स्याल्पे वनमा समान उपभोगका लागि दलितले ०६३ सालदेखि माग राख्दै आएका छन् । दलित समुदायले अधिकारका लागि पहल गरिदिन अधिकारकर्मी, सरोकारवालासँग आग्रह गरेका छन् ।

स्याल्पे वन क्षेत्रमा आफूहरूले धेरै लगानी गरी हुर्काएको दलितलाई त्यसै प्रयोग गर्न दिन नमिल्ने वन समिति सचिव विष्णु केसीले बताए । 'वन संरक्षणमा हामीले धेरै लगानी गरेका छौं, खर्च भएअनुसार रकम दिएमात्र समितिमा सहभागी गराउँछौं,' उनले भने, 'नत्र त्यसै प्रयोग गर्न दिन मिल्दैन ।'



श्रोत: कान्तिपुर दैनिक Posted on: 2009-07-05 20:22:02

मनवीर सुनार हत्या छुवाछुतकै कारण्ाँ भएको देखाएको छ

सीता बि.के.
बुटवल ,माघ ९
दलित संघसंस्थाहरुले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदनले कालिकोटका मनवीर सुनार हत्या छुवाछुतकै कारण्ाँ भएको देखाएको छ । कालिकोटको जुविथा ४ माईधारमा डेढ महिना अघि भएको हत्या छुवाछुतकै कारण्ाँ भएको दलित संस्थाहरुले तयार पारेको प्रतिवेदनमा दावी गरिएको छ । विभिन्न दलित संघसंस्थाहरुले हिजो रिपोर्टर्स क्लबमा एक कार्यक्रम गरि मनवीरे सुनार हत्याकाण्डको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गर्दै दलित गैरसरकारी संस्था महासंघ, नेपाल राष्ट«िय दलित समाज कल्याण्ाँ संघ, दलित सेवा संघ, दलित महिला संघ र राष्ट्रिय दलित नेटवर्कले सुनारको हत्या छुवाछूतकै कारण्ाँले भएको ठहर गरेका छन् ।

मंसिर २४ गते स्थानीय बालकुमारी शाहीको होटलमा चुरोट किनी चुलोबाट आगो झिकी चुरोट सल्काउन लाग्दा पानीले भरिएको जग ढलेको र होटल साहुनी बालकुमारी शाहीले ‘त“ ठूलो भएको डुम कमारा, तैले मेरो चुलो छुने’ भने पश्चात वादविवाद भएपछि कुटपिटबाट मनवीरे सुनारको ज्यान गएको प्रतिवेदनले ठहर गरेको छ । वादविवाद भए पछि होटलका साहु जसबहादुर शाहीले मनवीर सुनारलाई होटलबाट लात्तिले हान्दै धकेलेर बाहिर निकालेको र सोही होटलको छाना छाउन आएका मिनबहादुर शाही र दीपबहादुर शाहीले पसलकै आगनमा मरण्ााँसन्न हुने गरी पिटेको प्रतिवेदनमा उल्लेख छ । मनवीरेलाई घरमा लगेपछि मिनबहादुर र दीपबहादुले घरमै गएर उनलाई पिटेर हत्या गरेको प्रतिवेदनमा उल्लेख छ । यसअघि ईन्सेकलले छुवाछुतका कारण मनविरेको हत्या नभएको भनि प्रतिवेदन सार्वजनिक गरेको थियो ।

Sunday, January 9, 2011

खोई त दलित गणराज्य?

खोई त दलित गणराज्य?


हजारौं वर्षदेखि शोषित-पीडित नेपालका दलितहरूलाई यतिबेला पनि अधिकारविहीन बनाइँदैछ । सवाल हो, नेपालको जातीय गणराज्य घोषणा र नेपालका ३२ लाख  दलितको गणराज्यमा नाम नआउनु । के नेपालका दलितहरूको कुनै राज्य छैन ? के नेपालका दलितहरूमा कुनै अधिकार छैन ? यदि छ भने खै दलित गणराज्य ?

के दलित मानव होइनन् ? के दलितले नेपालको कानुनअनुसार मानवले गर्न पाउने सबै अधिकार प्रयोग गर्न पाउँदैनन् ? यदि पाउँदैनन् भने हामी पनि आफ्नो  अधिकारका लागि लड्न तयार छौं । होइन भने सबैले पाउने अधिकार हामीले पनि पाउनुपर्छ । दलितलाई बन्दुक बोकाएर शासन गर्ने, धार्मिक भ्रम फैलाएर हामीमाथि अझै अत्याचार गर्ने अधिकार अब कसैलाई छैन ।

संसार विकसित भैसकेको छ । अब अत्याचार गर्ने यो संसार रहेन । सबैले आफ्नो अधिकारका लागि ज्यान लिन पनि जानेका छन् र दिन पनि । यो कुरा अहिलेका  सत्ताधारी र सडकधारीले बुझ्नु आवश्यक छ । दलितहरूलाई अधिकारविहीन बनाइँदैछ । दलितलाई राजनैतिक लोभ देखाएर उल्लू बनाइँदैछ । यो कुरा दलितको नाममा  राजनीति गर्नेहरूले किन बुझ्दैनन् ? प्रश्न ती दलित नेताहरूलाई, तिमीहरू दलितका नाममा राजनीति गर्छौ भने कुन दलितलाई के अधिकार दिलायौ ? खै कहाँ छ दलित  गणराज्य ? खै कहाँ बोल्यौ ? अन्तर्जातीय विवाहलाई सर्वोच्चले रोक लगाउँदा किन नाममात्रको राजनीति गर्छौ ? किन बिकेको राजनीति गर्छौ ? अब अरूको पोल्टाभित्र  बसेर राजनीति गर्न छोड । होइन भने त्यो दिन नजिकै आउँदै छ- शोषित-पीडित दलितबाट तिम्रो अन्त्य हुने ।

नयाँ संविधान लेखिँदैछ । नयाँ संविधानमा दलित अधिकार कहाँ ? अबको संविधानमा पनि दलितहरूले स्थान पाउँदैनन भनेर बस्नु भनेको चिन्ता र शोकको कुरा मात्र हो ।  अधिकार त अब हामी आफैं खोज्नुपर्छ । उठ हे दलित हो, अरूका लागि सधैं किन मर्छौ ? अरूका लागि सधैं किन अधिकार खोज्छौ ? होइन भने तिमी फेरि पनि हजारौं  वर्षसम्म पीडित हुनेछौ, शोषित हुनेछौ, सधैंको छिःछिः र पानी छिटो हाल्नेछन्, मरेको सिनो खान गुहार्नेछन्, के हामी पशु हौं अरूले खा भने खाने नखा भने नखाने ? यो  त पशुले पनि मान्दैन, हामी त मानव हौं, अरू नेपाली नागरिकले जति अधिकार पाउँछन्, त्यो हामीले पनि पाउनुपर्छ । यदी हामी अधिकार पाउँदैनौ भने यो राज्यलाई  हामी माथि राज गर्ने अधिकार पनि छैन । होइन भने राज्यले पनि अधिकार दिने चेष्टा गरोस् । मानवताको हैसियतमा, नेपाली जनताले जति पाउनुपर्ने अधिकार हो त्यो  दलितको पनि हो । अबका दिनमा राज्यले मोही माग्ने ढुङ्ग्रो लुकाउने काम नगरोस्, दलितहरू उठे भने राज्यलाई पनि थेग्न गाह्रो होला ।

पूर्ण विक (पहाडी)
नोट:- यो लेख साप्ताहिक बाट साभार गरिएको हो)

Monday, November 8, 2010

नेपाली कांग्रेस चुनावी मैदानमा दलित आरक्षण तर्फका केन्दीय सदस्य उम्मेद्वार ३० जना

नेपाली कांग्रेस चुनावी मैदानमा दलित आरक्षण तर्फका केन्दीय सदस्य उम्मेद्वार ३० जना

नेपाली कांग्रेस १२ औं महाधिवेशनमा चुनावी मैदानमा केन्दीय सदस्य उम्मेद्वार (दलित आरक्षण तर्फ) पदको लागि २५ जना र केन्दीय सदस्य उम्मेद्वार (दलित आरक्षण महिला तर्फ) पदको लागि ५ जना उत्रिएका छन्।
केन्दीय सदस्य उम्मेद्वार (दलित आरक्षण तर्फ) पदको लागि:
१ मदनलाल खत्वे
२ मिन विश्वकर्मा
३ सक्तलाल विश्वकर्मा
४ भिमलाल गहतराज
५ विजुल विश्वकर्मा
६ देवनाथ पासवान
७ खड्ग वहादुर विश्वकर्मा
८ सुशील कुमार परियार (सुशील सेवा)
९ ईस्कीलाल पासवाल
१० राम सन्दर महरा (चमार)
११ टेक वहादुर रैका (आउजी)
१२ मुक्त वहादुर महते
१३ हरिशरण नेपाली
१४ वंगाली हजारा
१५ शम्भु हजारा दुसाद
१६ प्रताप राम लोहार
१७ लाल वहादुर परियार
१८ लोक वहादुर विश्वकर्मा
१९ स्थिर वावु परियार
२० कृष्ण सिंह परियार
२१ जिवन परियार
२२ लिलमान परियार
२३ दल वहादुर विश्वकर्मा
२४ मान वहादुर विश्वकर्मा
२५ मोहन वहादुर परियार
केन्दीय सदस्य उम्मेद्वार (दलित आरक्षण महिला तर्फ) पदको लागि:
१ राजन वि.क.
२ सुजाता परियार
३ कविता कुमारी सरदार (वाँतर)
४ राधिका भुजेल
५ आशा वि.क.

दलित भएकै कारण गयो जागिर

आफूमाथि भएको ज्यादती र शोषणको विरोधमा आवाज उठाउँदैमा आफ्नो खाइपाई आएको जागिर नै चट हुन्छ भनेर शङ्कर पासवानले सायदै सोचेका थिए ।  तर मधेसी दलित भएकै कारण र आफूमाथि गरिएको छुवाछुत, भेदभावजन्य एवम् यातनापूर्ण अमानवीय व्यवहारविरुद्ध मुख खोलेकै कारण उनले जागिरबाट हात धुनुपरेको छ । सुनसरी–५ का शङ्कर पासवानको यो यथार्थ सुन्दा कथा झै लाग्नसक्छ, तर नौ महिनादेखि राजधानीमा भौँतारिँदै हिँडेका उनको दैनिकीलाई बुझे छर्लङ्ग हुन्छ ।
विसं. २०५० सालमा नेपाली सेनामा जागिर खाएका पासवान दलित जाति भएकै कारण आफूमाथि भएको छुवाछुत र अमानवीय यातनापूर्ण व्यवहारविरुद्ध आवाज उठाउँदा २०५६ सालमा जागिरबाट निकालिए ।
सेनाको कनिष्ठ सिपाही दर्जामा जागिर खाएका पासवान खाना खाने बेलामा यातना सहन बाध्य हुन्थे, जतिबेला उनी धनकुटाको सल्लेरी छाउनीमा कार्यरत थिए ।
“म जागिरमा छँदा जहिले पनि त्यहाँ अमानवीय व्यवहार हुन्थ्यो ठूलाले सानालाई र पुरानाले नयाँलाई हेप्ने परिपाटी त सामान्य थियो, तर म दलित मधेशी भएकाले खाना खाने बेलामा जहिले पनि छुवाछुत गरिन्थ्यो । किन यसो गरिन्छ भनेर आवाज उठाउँदा जवाफमा उनले अनेकौँ यातना पाउँथे अन्ततः जागिर नै चट भयो ।”– पासवानले भने ।
खानाखाने समयमा मात्र हैन पासवानले अन्य कार्यमा पनि उत्तिकै छुवाछुत र भेदभावयुक्त व्यवहारको सिकार हुनुप¥थ्यो ।
साधारण लेखपढ मात्र गरेका पासवान हिम्मतका साथ आफूमाथिको पीडा उजागर गर्न खोज्दा जागिरबाट निकाला मात्र भएनन् पाउनसम्मको यातना पाए ।
कहिले सिंहदरबार मूलढोकाका अगाडिको पेटी, कहिले बबरमहलको विश्रामस्थल त कहिले बागमती झोलुङ्गे पुलमुनि समय काट्नु यतिबेला उनको दैनिकी बनेको छ ।
“दलित भएको र छुवाछुतजन्य व्यवहार र यातनाको बारेमा कुरा उठाउँदा आफ्नो जागिरै गुमाउनु प¥यो” पाँच दिनदेखि भोकै अवस्थामा ललितपुर यूएन पार्कसँगैको पुलमनि भेटिएका पासवानले भने ।
पहिला सिंहदरबार गेट अघिल्तिर सुत्ने गरेकोमा सुरक्षाकर्मीले लखेटेपछि अहिले पुलमुनि बस्दै आएको उनले बताए ।
“पछिल्लो समयमा यहाँ बस्दै आएको छु । पानी पर्दा असाध्यै समस्या हुन्छ । एकचोटी त बागमतीमा आएको भेलले राति सुतेको अवस्थामा कसो बगाएन”–उनले भने ।
पछिल्लो समयमा यूएन पार्कसँगै बागमतिको झोलुङेगे पूलमुनि बस्दै आएका पासवानसँग सामानका नाममा एकमात्र पकाउने डेक्ची छ । यसैमा उनी पकाउने र प्लास्टिकमा राखेर खाने गर्दै आएका छन् । दैनिक एकछाक मात्र खान वाध्य छन् ।
काठमाडौंमा करिब सय ठाउँमा काम गरेपनि कहीँ पनि दिगो रूपमा टिक्न सकेनन् पासवान ।
सेनाको जागिरबाट निकाला भएपछि उनले दुई वर्ष नेपाल टेलिकममा भनसून गराएर जागिर खाए । सूर्यटोवाको कम्पनीमा दुईवर्ष सुरक्षा गार्डको काम पनि गरे ।
तर समयक्रमसँगै उनको जीवनमा अकल्पनीय ठूलो सङ्कट आइलाग्यो । २०५६ सालमा श्रीमतीसँगको झगडामा श्रीमतीको मृत्यु भएपछि हत्याको अभियोगमा उनले सात वर्ष जेल सजाय काट्नुप¥यो ।
पासवानका दुईवटा श्रीमती भएकोमा एकको हत्या भयो र दोस्रोको पक्षघातका कारण निधन भयो । उनका दुई छोरी हाल सिरहामा आफन्तकहाँ बस्छन् ।
पासवानले २०६२ सालतिर जेलमुक्त भएपछि सिकर्मी र डकर्मी काम गरे । यतिबेला कवाडी सामान सङ्कलन गर्दै दैनिक ३० देखि १५० सम्म कमाएको आम्दानीबाट निक्कै कष्टपूर्ण एक्लो जीवन बिताइरहेका छन् ।
    अन्य सम्पत्तिको नाममा ऊसँग नागरिकता र सेनाको परिचयपत्र थियो । ती पनि राति सुतेको अवस्थामा चोरी भयो ।
आफूलाई भूमिहीन भनी परिचय दिने पासवानको बाबुको नाउँमा इटहरीमा १३ धुर जग्गा रहेको र त्यसलाई अहिले आफन्तले मिचेर खाएको उनी बताउँछन् ।
पासवानका सात जना दाजुभाइमध्ये एक सशस्त्र प्रहरीमा जागिरे थिए । दुर्घटनामा उनको मृत्यु भएको थियो भने बाँकी अरू सबै सुकुम्बासी छन् ।
जातीय छुवाछुतको नाउँमा राजनीति गर्ने र गैरसरकारी संस्था चलाउनेलाई पासवानको बास्तविकता बुझ्न फुसर्द छैन । पासवानजस्ता पीडित नागरिकको दुर्दशाप्रति राज्यबाट कहिले दृष्टि पुग्ला नपुग्ला भन्न सकिंदैन ।
श्रोत: http://mechikali.com

Thursday, September 30, 2010


"सम्पूर्ण नेपालीहरुमा हिन्दूहरुको महान पर्व बडा दशै एवम्  शुभदिपावली को अवसरमा

‘जातीय छुवाछुतको अन्त्य गरौँ, विभेदरहित समतामूलक समाज निर्माण गरौँभन्दै 

 हजुरले चालेका पाईलाहरु सधैं सफलताको सिखर चुम्न सकोस
 भनी "दलित समुदाय बिकाश केन्द्र कास्की" को तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ................,,,,,,,,,,,,,,,,,,,,,,

Friday, September 24, 2010

"दलित मुक्तिका लागि दलित वर्गहरु नै सक्रिय भएर अगाडि आउनुपर्छ।"

        
                                                      लेखक:-डिल्लीराम भण्डारि
     समाजमा  हुने दलित गैरदलितबीचको विभेद, लैंगिक विभेद, जातीय तथा धार्मिक विभेदलगायतका कारण मानिस हरुमा एकआपसमा वितृष्णा द्वन्द्व जन्माउँदो रहेछ 'समाजमा  सामाजिक तथा सांस्कृतिक संस्कारका कारण हुने द्वन्द्वलाई कम गरी शान्ति मेलमिलापपूर्ण समाज बनाउने   समाजमा  छुवाछुत लैंगिक हिंसाविरुद्ध विद्यालयमा बालबालिकालाई कक्षा चलाउने, घरदैलोमा पुगेर गाउँलेलाई सम्झाउने, सहभोजको आयोजना गर्ने, दलित , गैरदलित बीच हात मिलाउने, समूहगत रूपमा छलफल गर्ने दलित समुदाय बिकाश केन्द्रको उद्देश्य हो यसले गर्दा परम्परागत रूपमा रहेको जातीय विभेद छुवाछुत गर्ने प्रचलनमा केही कमी आउन थालेको सामुदायिक धारो, कुवा, विद्यालय, सडकलगायतमा छुवाछुतको आरोपमा हुने घटना स्वात्तै घटेका छन् सट्टामा दलित गैरदलितबीच मित्रता भाइचाराको सम्बन्ध बढेको यस्तै अभियान अन्य समाजमा पनि चलाउने हो भने छुवाछुत जातीय विभेदका कारण देशका विभिन्न ठाउँमा भएका हिंसात्मक घटनामा पक्कै कमी आउनेछ

         दलित मुक्तिका लागि दलित वर्गहरु नै सक्रिय भएर अगाडि आउनुपर्छ। कमसेकम दलित समुदाय भित्र कुनै किसिमको विभेद रहेन र ५० लाख जनता एक समुदाय भएर अघि बढे भने छुवाछुत को आयु धेरै दिन लम्बिन सक्दैन। त्यसैले सम्पुर्ण दलित समुदाय एकजुट हुनु अत्यन्त जरुरी छ। भगवत भक्तीमा उचो-नीचो छुवाछुत केहीको बन्देज छैन भक्त चाण्डाल नै किन नहोस आफ्नो पवित्र ....निधार र हस्तरेखाबाट आयु ज्ञान गराइनुको साथै स्वरोदय बिज्ञान को चित्रण गरिएको छ। यो त केबल निरंग्कुस हरु ले बनाएको नियम मात्र हो  ।

दलित समुदाय बिकाश केन्द्र