Saturday, January 28, 2012

दलितले पाए वनमाथि अधिकार

प्रेम नेपाली

घाचोक , सार्वजनिक वनमा उपभोगको अधिकार माग्दै संघर्षमा उत्रेका यहाँका दलितले वन प्रयोग गर्न पाउने भएका छन् ।

बस्ती नजिकैको वन प्रयोग गर्न नदिएपछि दलितले 'उपल्लो जात' को घरमा हली खेताला बहिष्कार गरेर वैशाख तेस्रो सातादेखि संघर्ष थालेका थिए । दलितले हलो, कुटो, कोदालो नचलाइदिँदा खेती बालीको काम ठप्प भएकाले 'उपल्लो जात' का समुदाय वन उपभोगको अधिकार दिन बाध्य भएका हुन् ।

संघर्षकै कारण दलितले अहिले घाचोकको मरेघाटस्थित माथिल्लो वन र बौरावनको बन्चरेडाँडादेखि सिमलतरासम्मको दुई क्षेत्र प्रयोग गर्न पाएका छन् । स्याल्पे वन क्षेत्र भने अझै दलितलाई प्रयोग गर्न दिइएको छैन ।

यसअघि समान ढंगले वन प्रयोग गर्न नपाएका दलितले दुई वनमा दाउरा घाँस गर्न पाएपछि राहत मिलेको बताए । 'अर्काको घरमा दिनभर मजदुरी गरेर परिवारको गुजारा गर्ने भए पनि अधिकारका लागि भोकभोकै बसेर संघर्ष गर्‍यौं,' नागरिक अधिकारका लागि जनसंघर्ष समिति घाचोकका संयोजक बुद्विबहादुर मिजारले भने, 'दलितले श्रम नबेच्दा खेत बाँझो बनेर भकारी रित्तिने अवस्था आएकाले अधिकार दिए तर लिखित सम्झौता हुन बाँकी छ ।' दलितले हलो, कुटो, कोदालो थन्काएर प्लेकार्ड बोकेर नाराजुलुस गर्दै हिँडेपछि गाउँमा खनजोतको काम ठप्प भएर खेतबारी बाँझो बनेको थियो । अधिकार माग गर्दा कथित उपल्लो जातिका व्यक्तिबाट दलित संघर्षको अगुवाइ गर्ने कुटिएका थिए ।

उनले बस्ती नजिकैको स्याप्ले वनमा अझै दलितलाई प्रवेश रोकिएको गुनासो गर्दै सार्वजनिक सम्पत्तिमा समान अधिकार नपाउनु अन्याय भएको बताए । स्याल्पे वनमा समान उपभोगका लागि दलितले ०६३ सालदेखि माग राख्दै आएका छन् । दलित समुदायले अधिकारका लागि पहल गरिदिन अधिकारकर्मी, सरोकारवालासँग आग्रह गरेका छन् ।

स्याल्पे वन क्षेत्रमा आफूहरूले धेरै लगानी गरी हुर्काएको दलितलाई त्यसै प्रयोग गर्न दिन नमिल्ने वन समिति सचिव विष्णु केसीले बताए । 'वन संरक्षणमा हामीले धेरै लगानी गरेका छौं, खर्च भएअनुसार रकम दिएमात्र समितिमा सहभागी गराउँछौं,' उनले भने, 'नत्र त्यसै प्रयोग गर्न दिन मिल्दैन ।'



श्रोत: कान्तिपुर दैनिक Posted on: 2009-07-05 20:22:02

मनवीर सुनार हत्या छुवाछुतकै कारण्ाँ भएको देखाएको छ

सीता बि.के.
बुटवल ,माघ ९
दलित संघसंस्थाहरुले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदनले कालिकोटका मनवीर सुनार हत्या छुवाछुतकै कारण्ाँ भएको देखाएको छ । कालिकोटको जुविथा ४ माईधारमा डेढ महिना अघि भएको हत्या छुवाछुतकै कारण्ाँ भएको दलित संस्थाहरुले तयार पारेको प्रतिवेदनमा दावी गरिएको छ । विभिन्न दलित संघसंस्थाहरुले हिजो रिपोर्टर्स क्लबमा एक कार्यक्रम गरि मनवीरे सुनार हत्याकाण्डको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गर्दै दलित गैरसरकारी संस्था महासंघ, नेपाल राष्ट«िय दलित समाज कल्याण्ाँ संघ, दलित सेवा संघ, दलित महिला संघ र राष्ट्रिय दलित नेटवर्कले सुनारको हत्या छुवाछूतकै कारण्ाँले भएको ठहर गरेका छन् ।

मंसिर २४ गते स्थानीय बालकुमारी शाहीको होटलमा चुरोट किनी चुलोबाट आगो झिकी चुरोट सल्काउन लाग्दा पानीले भरिएको जग ढलेको र होटल साहुनी बालकुमारी शाहीले ‘त“ ठूलो भएको डुम कमारा, तैले मेरो चुलो छुने’ भने पश्चात वादविवाद भएपछि कुटपिटबाट मनवीरे सुनारको ज्यान गएको प्रतिवेदनले ठहर गरेको छ । वादविवाद भए पछि होटलका साहु जसबहादुर शाहीले मनवीर सुनारलाई होटलबाट लात्तिले हान्दै धकेलेर बाहिर निकालेको र सोही होटलको छाना छाउन आएका मिनबहादुर शाही र दीपबहादुर शाहीले पसलकै आगनमा मरण्ााँसन्न हुने गरी पिटेको प्रतिवेदनमा उल्लेख छ । मनवीरेलाई घरमा लगेपछि मिनबहादुर र दीपबहादुले घरमै गएर उनलाई पिटेर हत्या गरेको प्रतिवेदनमा उल्लेख छ । यसअघि ईन्सेकलले छुवाछुतका कारण मनविरेको हत्या नभएको भनि प्रतिवेदन सार्वजनिक गरेको थियो ।